बन्दीपुर र भानुको वडा नम्बर १ डुम्रे भन्सार नयाँ शहर आयोजनामा समावेश

Devghat Online

शेयर गरौ

बन्दीपुर, माघ १३

बन्दीपुर गाउँपालिकाको वडा नम्बर १ र भानु नगरपालिकाको वडा नम्बर १ डुम्रे भन्सार नयाँ शहर आयोजनामा समावेश भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको निर्णय अनुसार बन्दीपुर गाउँपालिका वडा नम्बर १ र भानु नगरपालिका वडा नम्बर १ को पुरै भाग डुम्रे भन्सार नयाँ शहर आयोजनामा समेटिएका हुन् ।

मन्त्रालयले नयाँ शहर आयोजनाको कार्यक्षेत्र पहिचान गर्ने क्रममा डुम्रे भन्सार नयाँ शहर आयोजनाको लागि उक्त दुई पालिकाका दुई वटा वडालाई कार्यक्षेत्रमा समेटेको हो । बन्दीपुर गाउँपालिकाको वडा नम्बर १ लाई नयाँ शहर आयोजनामा समेट्न बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले निकै पहल गरेका थिए । अध्यक्ष थापाले यस अघि पटक पटक प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेलाई भेटी वडा नम्बर १ लाई नयाँ शहरको कार्यक्षेत्रमा समेट्न अनुरोध र पहल गरेका थिए ।

भानु नपा–१ को भन्सारमा नयाँ शहर आयोजनाको कार्यालय स्थापना भएपनि कार्यक्षेत्र पहिचान नहुँदा उक्त कार्यालय नै अन्यौलमा परेको थियो । बन्दीपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले नयाँ शहर आयोजनाको कार्यक्षेत्रमा वडा नम्बर १ समेटिनु सकारात्मक भएको भन्दै यस कार्यको लागि पहल गर्ने सबैमा धन्यवाद दिएका छन् । उनले अव बन्दीपुरको वडा नम्बर १ मा शहरी आयोजनाको कार्यक्रम लागु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता