दमौली, माघ १३
आँबुखैरेनी गाउँपालिकाका स्तरीय छैठौं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उपाधि आँबुखैरेनी गाउँपालिका–१ को मित्रता मावि सत्रसयले प्राप्त गरेको छ । आँबुखैरेनी गाउँपालिकाका खेलकुद विकास समितिको आयोजनामा अँबु ३ रामशाह माविको खेलकुद मैदानमा भएको कूल २८ वटा स्वर्ण पदकहरु मध्ये १२ स्वर्ण १२ रजत र २ कास्य पदक गरी जम्मा २६ पदक प्राप्त गरी मित्रता माविले प्रथम हुँदै रनिङ् शिल्डको उपाधि चुम्न सफल भएको हो ।
त्यसैगरी रामशाह माविले ११ स्वर्ण ११ रजत र ४ कास्य पदक प्राप्त गरी कुल २६ पदक सहित द्वितीय भएको छ भने ३ स्वर्ण १ रजत ११ कास्य पदक गरी जम्मा १५ पदक जितेर फ्युचर स्टार आमावि तृतीय बन्न सफल भएको छ ।
त्यसैगरी मस्र्याङ्दी बालज्योतिले १ स्वर्ण १ रजत र १ कास्य पदक प्राप्त गरी कुल ३ पदक प्राप्त गरेको छ भने कन्यादेवि माविले १ स्वर्ण र ३ कास्य पदक प्राप्त गरी कुल ४ पदक प्राप्त गरेको छ । छिम्केश्वरी माविले २ रजत पदक प्राप्त गरेको छ भने लक्ष्मी माविले १ रजत पदक प्राप्त गरेको छ । एक्टिभ ग्रीनल्याण्डले ४ कास्य पदक प्राप्त गरेको छ । बाल शिक्षा शदनले २ कास्य पदक प्राप्त गरेको छ भने ओम सनसाईनले १ कास्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा १० वटा विद्यालयहरुको सहभागीता रहेको शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिइन् ।
पुरस्कार वितरण कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष सुक्र चुमानले गाउँपालिकाले खेलकूदको महत्वको बारेमा चर्चा गर्दै प्रतियोगितामा बालबालिकाको उत्साहजनक सहभागिता रहेकोमा खुशी ब्यक्त गरे ।