कुवेतमा मृत्यु भएका बन्दीपुरका रोकाको शव काँग्रेस नेता गुरुङको पहलमा नेपाल ल्याईयो

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ४

बन्दीपुर गाउँपालिका वडा नम्बर २ घर भै कुवेतमा कार्यरत रहँदाको क्रममा काम गर्ने क्रम्पनीमा ग्याँस सिलिन्डर विस्फोट हुँदा मृत्यु भएका सुरज रोकाको शव नेपाली काँग्रेस तनहुँका नेता महाधिवेशन प्रतिनिधि रेशम गुरुङको पहलमा पाँच दिनमै नेपाल ल्याईएको छ ।

रोकाको शव नेपाल ल्याउन नेपाली काँग्रेस तनहुँका पुर्व कोषध्याक्ष गुरुङले पहल गरेका थिए । गुरुङले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा मार्फत कुवेत स्थित नियोगमा सम्पर्क गरि रोकाको शव नेपाल ल्याउन पहल गरेका थिए ।

ग्यास सिलिन्डर पड्किएर सख्त घाइते भई केहि महिना देखि अस्पतालमा उपचार गरिरहेको अबस्थामा गत सोमबार सुरजको निधन भएको थियो । सुरजको परिवारले शव नेपाल झिकाउन सहयोग गर्न गुरुङलाई अनुरोध गरेका थिए । काँग्रेस नेता गुरुङको सहयोगमा सुरजको शव चाँडै नै नेपाल ल्याउन सकिएको मृतकका आफन्त रूकुम जोसेफले बताए ।

बदेशमा मृत्यु भएकाहरूको शव नेपाल ल्याउन लामो समय तथा निकै झन्झट हुनेमा गुरुङले परराष्ट्र मन्त्रालय र बैदेशिक रोजगारको सम्बन्धित ठाउँमा आँफै दौडधुप गरेर एकहप्ता नहुँदै ल्याइदिन सहयोग गर्नुभएको रुकुमले भने । ‘उहाँले गाउँघरमा जस्तोसुकै अफ्ट्यारोमा परेकालाई साथ सहयोग दिँदै आउनुभएको छ’, उनले थपे ।

सुरजको शव नेपाल झिकाउन सहयोग गर्न आफुले परराष्ट्र मन्त्री आराजु राणा देउवा र मन्त्रीका स्वकीय सचिव तारा गौतमलाई भेटी आग्रह गरेको गुरुङले बताए । युवा नेता गुरूङले यस अगाडि पनि वैदेशिक रोजगारको सिलसिलामा साइप्रसमा मृत्यु भएकी मन्जु गुरुङको शव नेपाल ल्याउन बिशेष पहल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध