चौथो शुक्लागण्डकी महोत्सवको तयारी पुरा, शुक्रबार उद्घाटन हुने

Devghat Online

शेयर गरौ

दुलेगौंडा, ८ फागुन

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो शुक्लागण्डकी महोत्सवको तयारी पुरा भएको छ । शुक्रवार शुरु हुने महोत्सवको पूर्व मन्त्री एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

विहिवार महोत्सवस्थलमा आयोजित पत्रकार सम्मेलनमा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठले महोत्सवको तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार उद्घाटन पूर्व दुलेगौंडा र खैरेनीटारस्थित मिलडाडाँबाट झाँकीसहितको ¥याली निस्कने छ । उत्कृष्ट झाँकीहरुलाई पुरस्कृत गरिने उनले बताए । सो अवसरमा वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापाले महोत्सवले विभिन्न पाटोलाई समावेश गरेको बताउदै सफल बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताए । कार्यक्रममा नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ लगायतले बोलेका थिए ।

फागुन २० गतेसम्म हुने महोत्सव शुनपा–५, बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन हुदै छ । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल रहने छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समावेश गरिएको छ ।

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव हुन लागेको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको