भानुमतीमा एक सय रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरिने

Devghat Online

शेयर गरौ

ऋषिकान्त दुवाडी । भिमाद, फागुन ८

भिमाद नपा–९ जौपानीका कृषकहरुले एक सय रोपनी जग्गामा अकबरे खुर्सानी खेती गर्ने तयारी गरेका छन् । कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न वडा नम्बर ९ का बासिन्दाहरुले खुर्सानी खेतीको तयारी गरेका हुन् । उक्त जग्गामा लगाउनकोलागि हाल एक लाख खुर्सानीको बेर्ना तयार भएको छ ।

एक लाख ६० हजार बेर्ना उत्पादन गर्ने लक्ष्य राखेको भएपनि एक लाख बेर्ना उत्पादन भएको भिमाद नपा खुर्सानी खेतीमा संलग्न वडा नम्बर ९ का पुर्व अध्यक्ष एवं नेकपा एमाले भिमाद नगर कमिटिका अध्यक्ष इमान थापाले बताए । उक्त खेतीबाट कृषकहरुले बार्षिक २ लाख ५० हजार केजी खुर्सानी उत्पादन गर्ने लक्ष्य रहेको थापाले बताए । खुर्सानी विक्रीबाट वार्षिक ६ करोड २५ लाख रुपैया आम्दानी गर्ने लक्ष्य राखिएको उनले बताए ।

उक्त खुर्सानीको बेर्ना फागुनको २० देखी २५ गते देखी सार्ने कार्यक्रम रहेको किसानहरुले वताएका छन् । उत्पादन भएको खुर्सानी पोखरा, भिमाद खैरेनीटारका बजारहरुमा विक्रि गर्ने योजना रहेको छ । हाल बजारमा प्रति केजी ३ सय देखी ५ सय रुपैँया थोक मुल्य रहेको छ । खुर्सानीको विरुवा उत्पादनका लागि वडा नम्बर ९ ले १ लाख रुपैयाँ अनुदान दिएको भानुमति कृषक समुहका अध्यक्ष इमान थापाले बताए ।

उक्त खुर्सानी बेर्ना उत्पादन नर्सरीको पुर्वमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा गन्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले बिहिबार निरिक्षण गरेका छन् । स्थानीय बासिन्दाहरुले नयाँ प्रविधिद्वा कृषि क्षेत्रलाई अगाडी बढाउन् भन्ने आशयले स्थलगत अवलोकन गरेको पूर्वमन्त्री गुरुङले वताए । उनले भिमाद वडा नम्बर ९ का कृषकहरुलाई नेपालकै नमुना कृषक भई देशको अर्थतन्त्रमा टेवा पु¥याउन र अरुको प्रेणाको श्रोत वनका लागि आह्वान गरे ।

उक्त वडाको ८ वटा टोल मोहरीया, पाइमी, कटनछाप, पाथर्दी, थामडाडा, सखेप, जौपानी र आस्पाग्दी भाँडडाडामा अर्कबरे खुर्सानी उत्पादनको लागि पकेट क्षेत्र बनाइने पूर्वमन्त्री गुरुङले बताए । उनले समुदायको आर्थिक वृद्धिका लागि अकबरे खुर्सानी सँगसगै कफी खेतीका लागि पनि संभाव्यता अध्ययन भइरहेको बताए । सो क्रममा गुरुङले भिमाद नगरपालिकाका कृषी शाखाका प्राविधिकहरुलाई प्राविधिक सेवाहरु समयमानै प्रवाह गर्नका लागि अनुरोध गरेका थिए ।

कफि खेतीकोलागि सम्भाव्यता अध्ययन

यसैगरि उक्त स्थानमा कफि खेतीको लािग १ लाख कफीको विरुवा उत्पादन गर्ने लक्ष्य रहेको कृषक थापाले बताए । सो अवसरमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गण्डकी प्रदेशसँग समन्वय गरी किसानहरुसँग कफि उत्पादनका लागि अन्तरक्रिया समेत गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड गण्डकीका निमित्त क्षेत्रीय निर्देशक पवित्रा अधिकारीले सो ठाउँमा कफी उत्पादन हुने बताइन् । उनले उत्पादन भएका कफीहरुलाई बजारीकरण गर्न पनि सहयोग गर्ने वताइन् ।

अन्तरक्रिया कार्यक्रममा कृषि प्राविधिक नगेन्द्र सुवेदीले कफि उत्पादनका लागि अनुकुल वातावरण भएको बताए । उनले भने यस क्षेत्रमा भौगोलीक, मौसम र माटो अनुसार कफि उत्पादन हुने सम्भावना रहेको वताए । उनले कफिका विरुवा उत्पादनका लागि अनुदान आगामी वर्षहरुमा दिन सक्ने बताए । भिमाद वडा नम्बर ९ को चिनारी भनेकै कृषकहरु रहेको पूर्व वडा अध्यक्ष इमान बहादुर थापाले वताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक