म्याग्देमा वडा स्तरीय भलिवल प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ८

म्याग्दे गाउँपालिका वडास्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिताको विहिबार म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

स्थानीय स्तरमा रहेका युवा खेलाडीहरुलाई खेल क्षेत्रमा आवद्ध गराई गाउँपालिकाको खेल क्षेत्रको विकासको निम्ति ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै दोस्रो म्याग्दे गाउँपालिका अध्यक्ष कप–२०८१ मा विभिन्न खेलकुद आयोजना गरि मनाउने क्रममा विहिबारबाट वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

१० गते सम्म चल्ने उक्त प्रतियोगितामा म्याग्दे गाउँपालिका अन्तर्गतका ७ वटै वडाका पुरुष तथा महिला भलिवल खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुने टोलीलाई ८० हजार र दोस्रो हुने टोलीलाई ५० हजार ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने भएको छ ।

पुरुष तथा महिला भलिबलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट व्लकर, उत्कृष्ट लिवरो र उत्कृष्ट प्रशिक्षकलाई पालिकाको लोगो अंकित खेलकुद पोसाक प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।
उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य एवं गाउँपालिका सभाका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध