मगर दिवसको अवसरमा देवघाटमा सांस्कृतिक कार्यक्रम

Devghat Online

शेयर गरौ

देवघाट, फागुन १५

मगर संघ स्थापना दिवसको अवसरमा विहिबार देवघाटमा मगर समुदायको ‘बृहत साँस्कृतिक कार्यक्रम’ आयोजना भएको छ । देवघाट मगर उत्थान समाजको आयोजनामा ४३ औँ मगर स्थापना दिवस तथा देवघाट मगर उत्थान समाजको २७ औँ बार्षिकोत्सवको अवसरमा विहिबार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

मगर जातिको भाषा, कला, धर्म तथा संस्कृतिको संरक्षण गर्नका लागि बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको देवघाट मगर उत्थान समाजकी कार्यवाहक अध्यक्ष अमृता थापामगरले बताइन् । नयाँ पुस्तालाई मौलिक संस्कार हस्तान्तरण गराउने उद्देश्यका साथ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।

देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित नयाँ बस्ती हाट बजारमा भएको उक्त कार्यक्रममा देवघाटका विभिन्न ६ वटा मगर समुहले कौराहा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायिका टिका पुन मगर, बबिता थापामगर, पृथ्वी गुरुङ, निश्चल थापामगर, शिव थापामगर र डान्सर आना मगरको प्रस्तुती रहेको थियो । उक्त कार्यक्रम अघि देवघाटमा मगर समुदायले दासढुङ्गा पुलबाट कार्यक्रम स्थलसम्म ¥याली र झाँकी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो