तनहुँका पर्यटकीय स्थलहरुको सम्बद्र्धन गर्न सांसद न्यौपानेको सरकारलाई आग्रह

Devghat Online

शेयर गरौ

काठमाडौं । चैत ६

राष्ट्रिय सभाकी सांसद तथा सत्तापक्षकी मुख्य सचेतक भगवती न्यौपानेले तनहुँका पर्यटकीय स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्न सरकारलाई आग्रह गरेकी छिन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद न्यौपानेले तनहुँको पर्यटकिय क्षेत्र जस्तै भानु जन्मस्थल चुदिँरम्घा, थानिमाई, मिर्लुङकोट, तनहुँसुर, बन्दिपुर, ब्यास, छाब्दिबाराही छिम्केस्वरी, आँधिमुल जस्ता ठाउँमा आवश्यक पुर्बधार निर्माणका लागि सरकारको ध्यान जानुपर्ने बताइन् ।

सांसद न्यौपानेले देवघाटमा बन्दै गरेको ३६५ कोठाको मातामिता सेवा आश्रम निर्माणलाई सरकारले सघाउने पर्ने पनि बताइन् ।

यस्तै सांसद न्यौपानेले बुधबार नै राष्ट्रिय सभाको विशेष समयमा सम्बोधन गर्दै अहिले व्यवस्था विरोधी र अहिलेको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रहरु भईरहेको भन्दै त्यस्ता षड्यन्त्रलाई परास्त गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको