भ्रष्टाचारी कुनै पार्टीको हुँदैनः काँग्रेस महामन्त्री थापा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ६

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारी कुनै पार्टीको नहुने बताएका छन् । नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई बुधबार दमौलीमा सम्बोधन गर्दै महामन्त्री थापाले जसले भ्रष्टाचार गर्छ, त्यसलाई कानुन बमोजिम कारवाही गर्नु पर्ने बताए ।

उनले भने ‘भ्रष्टाचारीलाई पार्टीको लेपन लगाएर जोगाउन खोज्नु हुँदैन ।’ अहिले देशमा धेरै असन्तुष्टि र बेचैनी भएको भन्दै जनताको असन्तुष्टि र बेचैनीमा किनारामा बस्नेहरुले मट्टितेल छर्केर जलाउने षड्यन्त्रमा लागेको थापाले आरोप लगाए । जनताको त्यस्तो असन्तुष्टि र बेचैनीलाई काँग्रेसले समाधान गर्नुपर्ने बताए । उनले भने ‘आगो कसले लगायो भन्दा पनि नेपाली काँग्रेस त्यो असन्तुष्टिको आगो निधाउन जानु पर्छ ।’

२०६० सालको परिवर्तन पछि जन्मेको पुस्ताले यस अघिका आन्दोलन र क्रान्तिलाई नपत्याउने भन्दै थापाले त्यो पुस्तालाई वर्तमान व्यवस्था प्रति आस्वस्त तुल्याउन पनि भ्रष्टाचार बेथितीको अन्त्य गर्नुपर्ने बताए । राजनीतिक दलहरुले राष्ट्रको समस्या समाधानकोलागि एकजुट भएर काम गर्नुको विकल्प नभएको उनले बताए ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभपाती श्यामकुमार मौरातीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, ध्रुव वाग्ले, अजयवावु सिवाकोटी, जिल्ला सभापती ध्रुव वाग्ले, काँग्रेस तनहुँका पुर्व सभापती रघुनाथ पौडेल, काँग्रेस चितवनका पुर्व सभपाती जितनारयण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा क्षेत्र नम्बर १ का पालिकाका सभापतीहरुले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ