आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ७

आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना लिने भएको छ । शिक्षा ऐन, २०२८ को दफा १६ घ (३), शिक्षा नियमावली, २०५९, को परिच्छेद– २५, नियम १४६, आँबुखैरेनी गाउँपालिका शिक्षा ऐन, २०७९ को दफा ३५ (२) बमोजिम विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एक पटक भर्ना शुल्क लिई सकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्नाको लागि कुनै किसिमको शुल्क लिन नपाईने गाउँपालिकाले जनाएको छ ।

संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४.१ (२) मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाउने मापदण्ड रहेको भन्दै आबुँखैरेनीले गाउँपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरुले विद्यार्थी भर्नाको नाममा प्रचलित कानूनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएको जनाएको छ ।

प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका बमोजिम बाहेक विद्यार्थी भर्ना लगायतका अन्य शुल्क नलिन तथा यस अघि प्रचलित कानूनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकोले प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरित विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाको अनुगमनको क्रममा प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरित विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको पाइएमा आँबुखैरेनी गाउँपालिका शिक्षा ऐन, २०७९ आँबुखैरेनी गाउँपालिका शिक्षा नियमावली, २०७९, संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ तथा प्रचलित ऐन, नियम बमोजिम कारबाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले प्रकाशित गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल