पुष्पाञ्जली हस्पिटलले खेलाडीको उपचारमा २५ % छुट दिने

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
चितवन, चैत ७ ।
चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले २५ % छुट दिने भएको छ ।
हस्पिटलबाट प्रवाह हुने सेवामा खेलाडीहरुलाई २०% सम्म छुट दिईने भनी आज(बिहिबार) सम्झौता भएकोमा अस्पताल प्रशासन बिच थप छलफल हुँदा अस्पतालले २५% छुट दिन सहमत भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले बताउनुभयो ।
“खेलाडीको चोट सर्वत्र चासोको विषय बन्नु स्वाभाविक हो। एउटा खेलाडी घाइते हुँदा पूरा टिम त्यसबाट प्रभावित भइरहेको हुन्छ। टिम प्रभावित हुँदा हजारौं, लाखौं समर्थकको भावनामा पनि असर परिरहेको हुन्छ। खेल र खेलाडीसँग जोडिने महत्वपूर्ण पक्ष फिटनेस सम्बन्धी समस्या पछिल्लो समय बढ्ने क्रममा छ। अपेक्षा गरिएका चर्चित खेलाडी पनि यसबाट अछुतो छैनन्। खासमा कसरी समस्या हुन्छ ? त्यसबाट बच्न सकिने उपायहरू के हुन् ? समस्या भइसकेपछि चाँडोभन्दा चाँडो कसरी निको भएर पुनरागमन जनाउने भन्ने कुरा खेलकुदमा महत्वपूर्ण छ। त्यसमाथि पनि नेपालजस्तो देशमा धेरै खेलाडी आरामबिना लगातार कठिन खेलहरू खेलिरहने, लामो यात्राबाट थकित भएर मैदान पुग्नेबित्तिकै खेल्ने, असन्तुलित आहार र मैदानको खराब अवस्थालगायत कारणले बढी घाइते हुने गरेको उहाँ बताउनुहुन्छ ।
पुष्पाञ्जली अस्पतालसँग खेलाडीको उपचार खर्च सम्बन्धी सम्झौताले खेलाडीलाई थप आर्थिक भार कम हुने उहाँले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति र पुष्पाञ्जली हस्पिटल बिच भोलि पुनः अर्को सम्झौता हुने अध्यक्ष कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय