पृथ्वी राजमार्ग विस्तारः पूर्वी खण्डको प्रगति एकासी प्रतिशत

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १०

निर्माणाधिन मुग्लिङ–पोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी भएको छ । काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको र हालसम्म ८०.९५ प्रतिशत भौतिक प्रगति भएको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार यस खण्डमा हालसम्म ७३.११ किलोमिटर कालोपत्रे पूरा भएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार लेन र दुई लेन कालोपत्रे भएको हो । इन्जिनियर पाण्डेका अनुसार हालसम्म कालोपत्रे भएको खण्डलाई दुई लेनमा हिसाब गर्दा ७३.११ किलोमिटर दुरी कालोपत्रे भएको छ ।

पाण्डेका अनुसार कालोपत्रे गरिएको ७३.११ किलोमिटरमध्ये ५९ किलोमिटरमा अन्तिम कालोपत्रे (डबल लेयर) सकिएको छ । पूर्वी खण्ड अन्तर्गत यतिबेला सदरमुकाम दमौली बजारमा समेत कालोपत्रे सुरु भएको छ । दमौलीस्थित व्यास नगरपालिका–२,बागबजारमा एकतर्फी कालोपत्रे सकेर अर्कोतर्फ कालोपत्रेका लागि सडक सम्याउने काम भइरहेको छ ।

पूर्वी खण्डमा २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा ठेक्का लागेको छ । पूर्वी खण्ड अन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीव्र गतिमा काम भइरहेको छ । वर्षायाम अघि नै यहाँ कालोपत्रे गर्ने योजना रहेको इन्जिनियर पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल