आँबुखैरेनी अस्पतालबाट फिजियोथेरापी सेवा सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैरेनी अस्पतालबाट फिजियोथेरापी सेवा सुरु गरिएको छ । फिजियोथेरापी सेवाको शनिबार एक समारोहकाबीच गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले उद्घाटन गरे ।

सो उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश स्वास्थ्यमन्त्री पाठकले यस अस्पातलका लागि अत्यावश्यक सामाग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पाठकले अस्पतालका लागि आवश्यक पर्ने प्राबिधिक, जनशक्ती एवं भौतिक पूर्वाधार क्षेत्रमा सहयोग गर्न गण्डकी प्रदेश तयार रहेको स्पष्ट पारे ।

हाल सम्म अस्पतालबाट २१५ जना बिरामीले थेरापी सेवा लिइसकेका छ्न । अस्पतालमा शल्यक्रिया अघि र पछि, बालक देखि बृद्ध सम्म रोगको अवस्था र सबै अर्थो तथा न्यूरो पुनर्वास लगाएत १५० भन्दा बढी थेरापी सेवा उपलब्ध रहेको अस्पतालका फिजियोथेरापिस्ट डाक्टर कृपेश चालिसेले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, प्रशासकीय अधिकृत शर्मिला अधिकारी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डिबि क्षेत्री, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाअध्यक्ष प्रेम बहादुर तमु, वडा नम्बर २ का वडाअध्यक्ष आश बहादुर गुरुङ्ग, वडा नम्बर ३ का वडाअध्यक्ष दिनेश के.सी., वडा नं. ५ का वडाअध्यक्ष सन्तोष गुरुङ्ग, वडा तथा कार्यपालिका सदस्यहरु एवं गाउँपालिकाका तथा अस्पतालका कर्मचारीहरु लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय