मसाल जुलुसको क्रममा पक्राउ परेका राप्रपाका कार्यकर्ता रिहा

Devghat Online

शेयर गरौ

तनहुँ । चैत १७

आईतवार साँझ मसाल जुलस प्रदर्शन गर्ने क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरु रिहा भएका छन्

आइतबार साँझ दमौलीमा मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले अनसन चौतारीबाट राप्रपा तनहुँका अध्यक्ष बिनोद घर्ती सहित ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका सबै करिब २ घन्टापछि रिहा भएको अध्यक्ष घर्तीले बताए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवलशम्शेर राणाविरुद्ध राज्य द्रोहको मुद्दा चलाउन लागिएको विरोधमा राप्रपाले आईतवार साँझ देशभर मसाल जुलुस निकालेको थियो ।

राप्रपा केन्द्रीय समितिको वैठकले मिश्र र राणालाई रिहाइ गर्न २४ घन्टाको अल्टिमेटम दिएको थियो । तर, रिहाइ गर्नुका साटो सरकारले मुद्दा हाल्ने तयारी गरेकोमा पार्टीले आपत्ति जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटका ग्रामिण बस्ती मोवाईल नेटवर्कको पहुँच बाहिर, बारम्बार पत्राचार गर्दा पनि सुनुवाइ भएन

विष्णु मगर । देवघाट, असार ७ डिजिटल युगमा सञ्चार सेवा नागरिकको आधारभूत आवश्यकता बनिसकेको भएपनि