राष्ट्रिय सहकारी दिवस मनाईयो

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २०

६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार दमौलीमा ¥याली र सभा आयोजना गरियो । जिल्ला सहकारी संघ तनहुँको आयोजनामा ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मुलनाराका साथ सहकारीकर्मी र सहकारी संघ संस्थाको उपस्थितीमा याली र सभा आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमको सह–आयोजकमा व्यास नगरपालिका, सहकारी रजिष्ट्रारको कार्यालय गन्डकी प्रदेश, तनहुँ बचत संघ, तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ, कृषि सहकारी संघ, तनहुँ जिल्ला उपभोक्ता सहकारी संघ, राष्ट्रिय सहकारी बैंक दमौली शाखा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ, सहकारी कर्मचारी क्लव व्यास नगर समिति लगायतका संघ संस्था रहेका थिए । उक्त कार्यक्रममा दमौलीका विभिन्न सहकारी संघ संस्थाहरुको व्यानर सहित सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिप अधिकारी लगायतले सहकारीको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

राष्ट्रिय सहकारी दिवसलाई सहकारी अभियानको सबैभन्दा ठूलो पर्वको रुपमा लिईन्छ । ६७ वर्ष अघि अर्थात् २०१३ सालमा चैत २० गतेका दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो । स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता तथा अगुवा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय