देवघाटमा दुर्गा मन्दिर निर्माण हुने,आइतबार शिलान्यास सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । चैत २४

देवघाट गाउँपालिका–५ मा देवी दुर्गाको मन्दिमा निर्माण हुने भएको छ । उक्त मन्दिरको आईतबार विश्व जागरण महाअभियान ट्रष्टका तथा मातापिता सेवा आश्रमका संरक्षक एवं परिकल्पनाकार लोकप्रिय भागवत कथावाचक इश्वरकृष्ण महाराजले शिलान्यास गरे ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथी इश्वरकृष्ण महाराजले देवघाटमा रहेको हरेक मानिस भगवान जस्तै रहेको बताउँदै अन्य क्षेत्रका मानिसहरु झुक्किएर पाप गरेको भएपनि उक्त पाप पखाल्न देवघाट आउने बताए । यसैकारण देवघाटमा बस्न पाउने कार्य भाग्यमानी भएको बताए । उनले पछिल्लो समयमा विदेश बाट अनेकौ धर्म भित्र्याईएको भन्दै धर्ममा आबद्ध हुँदा रोग निको हुने भ्रम देखाउने गरिएको भन्दै त्यसतो भ्रममा पर्न नहुने बताए । उनले उक्त दुर्गा मन्दिर निर्माणको लागि आफ्नो तर्फबाट १ लाख रुपैयाँ हस्तान्तरण समेत गरेका थिए । साथै आगामी दिनमा पनि मन्दिर निर्माणकोलागि सहयोग गर्ने बताए ।

कालिका मन्दिर समितिका अध्यक्ष प्रविण कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण वहादुर कुँवर, राधाकृष्ण मन्दिरका अध्यक्ष एवं मौलाकालिका अस्पतालका प्रोपाइटर डा.केशवराज भुर्तेल, मातापिता सेवा आश्रम निर्माण समितिका अध्यक्ष खडानन्द उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा मन्दिर निर्माण समितिका संयोजक बलबहादुर क्षेत्रीले मन्दिर निर्माणकोलागि गत माघ महिनामा सन्चालन भएको देवघाट महा–महोत्सवको समयमा ८ दिनमा २८ लाख रुपैयाँ दान रकम संकलन गरिएको जानकारी दिए । ३ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त मन्दिरको डिपिआर अनुसारको निर्माण लागत २ करोड ४६ लाख हुने निर्माण समितिका संयोजक क्षेत्रीले बताए ।

सो कार्यक्रममा देवघाटका विभिन्न सामुदायिक वनका समितिका पदाधिकारीहरु, सहकारी सस्थाका पदाधिकारीहरु, देवघाटधाम जेसिजका पदाधिकारीहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक