क्रसर उद्योगको टिप्परले कुल्चँदा देवघाटकी भुजेल घाइते, क्रसर उद्योग अन्यत्र सार्न माग

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत २५

भरतपुर महानगरपालिका–२९ मा भोर्लेमा रहेको क्रसर उद्योगको टिप्परले कुल्चँदा देवघाटकी सन्तमाया भुजेल गम्भिर घाइते भएकी छिन् । बा प्र–०३००१क०५५७ नम्बरको टिप्परको पछाडीको टायरले कुल्चँदा देवघाट गाउँपालिका–४ गाईघाट साल्डाडाँ टोलकी ४८ बर्षीया सन्तमाया भुजेल घाईते भएको जुगेडी प्रहरी चौकीले जनाएको छ ।

गाउँबाट भारी बोकेर आउँदै गरेकी भुजेललाई उक्त टिप्परले पछाडीबाट ठक्कर दिएर कुल्चिएको थियो । घाइते भुजेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भयो । उनको खुट्टाको अप्रेशन गरिएको देवघाट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरुङले बताए ।

उक्त क्रसर उद्योगको कारण भोर्ले र देवघाट–४ का बासिन्दाले पटक पटक सास्ती र दुर्घटना भोग्दै आएको वडा अध्यक्ष गुरुङले बताए । यस अघि पनि उक्त क्रसर उद्योगको टिप्परको ढालाले ठक्कर दिँदा झोलुङ्गे पुल तर्र्दै गरेका देवघाट–४ चारघरे टोलका ७० बर्षिय धनबहादुर मगर गम्भिर घाइते भएका थिए ।

मापदण्ड विपरितको उक्त सो क्रसर उद्योगलाई अन्यत्र स्थानान्तरण गर्न भरतपुर महानगरपालिका वडा नम्बर २९ को कार्यालयसँग पटक पटक अनुरोध गरिएपनि सुनुवाई नभएको देवघाट ४ का वडा अध्यक्ष गुरुङले बताए । टिप्परको ठक्करबाट झोलुङ्गे पुलमा क्षती भएको र उक्त क्रसरले पुल मर्मत गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म मर्मत नगरेको भन्दै वडा अध्यक्ष गुरुङले सोही ठक्करको कारण झोलुङ्गे पुल जिर्ण भएको बताए । देवघाट ४ का बासिन्दालाई आवत जावत गर्ने एउटा मात्र विकल्पको रुपमा रहेको उक्त पुल जिर्ण हुँदा स्थानीय बासिन्दालाई समस्या परेको उनले बताए । उक्त क्रसरलाई अन्यत्र व्यवस्थापन नगरे कुनै दिन ठुलो दुर्घटना हुने उनले बताए ।

क्रसर उद्योगको कारण पुल जिर्ण भई पुल सन्चालन समेत अवरोध आउन सक्ने भएपछि वडा अध्यक्ष गुरुङले यस अघि उक्त क्रसर उद्योगलाई पत्र पठाई १५ दिन भित्र क्रसर उद्योगको व्यवस्थापन गर्न अनुरोध गरेका छन् । वडा अध्यक्ष गुरुङ सहित वडा सदस्यहरु बुद्धिमान भुजेल, शुक बहादुर थापा, गाइघाट बेलडाडा टोल बिकाश संस्थाका अध्यक्ष नरबहादुर गुरुङ र देबघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष योगेन्द्र गुरुङ लगायतको उपस्थितिमा भरतपुर महानगरपालिकामा ध्यानाकर्षण गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय