टिप्परको ठक्करबाट एक जनाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ३०

तनहुँमा टिप्परको ठक्करबाट शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ व्यास नपा वडा नम्बर ६ बस्ने बर्ष १८ को मनिस आले मगर रहेका छन् ।

म्याग्दे गाउँपालिका वडा नम्बर १ फुस्रेखोला स्थित पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १ ख ५८७५ नम्बरको टिप्पर र बिपरित दिशा बाट जाँदै गरेको ग २५ प ५५२२ नम्बर को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्क्कुटर चालक मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाईते भई उपचारको लागि प्रदेश अस्पताल दमौली पठाईएमा उपचारको क्रममा स्कुटर चालक आले मगरको मृत्यु भएको हो । उक्त दुर्घटनामा स्कुटरमा सवार १५ बर्षीया अनिषा आले मगर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको र सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अशोक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय