देवघाटमा सन्चालित स्केट पार्कको उद्घाटन

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत ३०

देवघाट गाउँपालिका–५ देवपुरमा गत साताबाट सन्चालनमा आएको स्केट पार्कको शनिबार गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष थापाले देवघाटको विकासमा स्केट पार्कले ठुलो टेवा पुग्ने बताए । यस्ता व्यवसाय देवघाटमा आबश्यक रहेको र युवाहरुले रोजगार पाउने व्यवसाय भएको हुँदा अरु युवाहरुले पनि यस्तै नयाँ खाले व्यवसाय गर्नुपर्ने भन्दै अधयक्ष थापाले युवाहरुले गरेको स्वरोजगार व्यवसायलाई गाउँपालिकाले सहयोग गर्ने बताए ।

अर्काे प्रसङ्गमा बोल्दै अध्यक्ष थापाले देवघाट गाउँपालिकामा क्रसर उद्योग प्रभावकारी बन्न नसकेको बताए । त्रिशुली र सेती नदिमा भएको ढुङ्गा गिट्टी र बालुवा उत्खनन गर्न वातावरणिय अध्यनगरि टेण्डर खुलाउदापनि राम्रोसँग ठेक्का लाग्न नसकेको बताए । उनले बिकास निर्माण र अन्य प्रशासनिक कामका लागि देवघाट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा समस्या भएको बताए ।

तोय नारायण खरालको सभाअध्यक्षमा उक्त कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङ्ग, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर, नेकपा एमालेका जिल्ला कमिटिका सदस्य एवं सामुदायिक वन उपभोक्ता महासंघ गन्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपाने, देवपुर टोल विकास संस्थाका अध्यक्ष शुकुलाल गुरुङ, नेपाली काँग्रेसका जिल्ला सदस्य अर्जुन अधिकारी, नेकपा एमाले देवघाट गाउँ कमिटिका सचिव शान श्रेष्ठ, राप्रपाका अध्यक्ष दिवाकर मिश्र, वडा नम्बर ५ का वडा सदस्यहरु बुद्धि वहादुर पाण्डे, देवघाट महिला सञ्जालकी अध्यक्ष राधा खनाल, देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उदयराज पौडेल, देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शालीग्राम मिश्र, सीता सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भानुभक्त न्यौपाने, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष सावित्री न्यौपाने, रातामाटे सुन्दरबस्ती टोल विकास समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठ, देवघाट खेलकुद विकास समितिका अध्यक्ष अमर फेवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो स्केट पार्क ६ रोपनि क्षेत्रफलमा सन्चालनमा रहेको छ । देवघाटलाई सहासिक खेलकुद माध्यमबाट चिनाउन र खेल पर्यटनको विकास गर्न करिब १ करोडको लागनीमा स्केट पार्क सन्चालन गरिएको सन्चालक अर्जुन अधिकारीले बताए । स्वदेशमै रोजगारको सिर्जना गर्न पर्छ भन्ने हेतुले खोलिएको अधिकारीले बताए । सो स्केट पार्क १ करोड लगानी लागेको अधिकारीले बताए । देवघाटका युवा व्यवसायीहरु अर्जुन प्रसाद अधिकारी, अनिल मिश्र, रामु खनाल, रोशनदेव आचार्य र किरण सुवेदीले सामुहिक लगानीमा उक्त स्केट पार्क सन्चालनमा ल्याएका हुन् ।

सो स्केट पार्कमा ३ जना स्थानिय र १ जना बाहिरको प्रशिक्षकलाई गरि ४ जनालाइ रोजगार दिएको अधिकारीले जानकारी दिए । उक्त कार्यक्रमको सन्चालन स्केटपार्कका सन्चालन अनिल मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय