भिमाद नगरपालिकामा महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ३१

तनहुँको भिमाद नगरपालिकामा महिला नेतृत्व तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । भिमाद नगरपालिका वडा नम्बर ५ को आयोजनामा चैत २५ देखि २९ सम्म संचालन भएको सो तालीममा उद्घोषण,नेत्तृत्व विकास र महिला शसक्तिकरण लगायतका विषयमा सिकाइएको थियो ।

नगरपालिकाको वडा नम्बर ५ बुडुवा स्थित सामुदायिक भवनमा सन्चालित उक्त तालीममा वडा नम्बर ५ का सबै टोल बाट प्रतिनिधित्व गरि २८ जना महिलाहरू सहभागी भएका थिए । महिलाहरुलाई सशक्त बनाउने, क्षमता अभिबृद्दि र ब्यक्तित्व बिकास गर्ने उदेश्यले आयोजना गरेको सो तालिममा सहजकर्ताको रुपमा पत्रकार अन्जान परियार रहेका थिए ।

सो तालिमको समापन कार्यक्रम शुक्रबार वडा नं ५ का अध्यक्ष पदम बहादुर थापाको अध्यक्षतामा भएको हो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै पुनले महिलाहरु व्यक्तित्व विकास गरी सशक्तीकरण हुन व्यवहारिक रूपमा लाग्नु पर्ने बताए । आफूसँग भएको क्षमताको प्रस्फोटन गरी महिला अधिकारको सदुपयोग गर्न सक्ने बनाउनको निम्ति नगरपालिकाले यो तालिम आयोजना गरिएको पुनले बताए । आगामी दिनमा महिला हरुलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता गरे ।

यस्तै गरि तालिममा सहभागीहरुले तालिम उपलब्धिमूलक भएको भन्दै प्रशिक्षक र नगरपालिका प्रती धन्यवाद ब्यक्त गरेका थिए । उनिहरुले विधिवत तरिकाले उद्घोषण गर्न सक्ने, आफूसँग भएको क्षमता ढुक्कसँग प्रस्फोटन गर्न सक्ने, खुलेर मञ्चमा बोल्न सक्ने देखि आफूहरुमा आइपर्ने समस्या विरुद्ध खुलेर प्रतिकार गर्न सक्ने हिम्मत बढेको भनाई राखे । कार्यक्रम समापनको चरणमा सामूहिक रुपमा सांगीतिक प्रस्तुति राखेका थिए । सो कार्यक्रम वडा सचिवले सञ्चालन गरेका थिए भने वडा सदस्य मन बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता