गैसस महासंघ मार्ग निर्देश तथा रणनीति बनाउन परामर्श वैठक सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत ३१

गैर सरकारी संस्था महासंघ नेपालको मार्ग निर्देश तथा रणनीति बनाउन आयोजित परामर्श वैठक आइतबार दमौलीमा सम्पन्न भएको छ ।

तनहुँ जिल्लाका क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मीहरुको सहभागितामा उक्त परामर्श वैठक सम्पन्न भएको हो । गैर सरकारी संस्था महासंघले आगामी दिनका लागि आवश्यक पर्ने मार्ग निर्देश तथा रणनीति योजना निर्माण गर्न लागेको हो । उक्त मार्ग निर्देश तथा रणनीति कस्तो बनाउदा सहज र प्रभावकारी हुन्छ भन्ने उद्देश्यले तनहुँ जिल्लाका नागरिक समाजहरुसँगं राय सुझावहरु संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

गैर सरकारी संस्था महासंघ नेपाल तनहुँकी अध्यक्ष सरलादेवी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि गैसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष अर्जुन कुमार भट्टराइले गैर सरकारी संस्था महासंघको दिर्घकालिन रणनीतिक योजना निर्माण हुने बताए । गैर सरकारी संस्थाले नागरिकहरुलाई शुसुचित गर्दै आएको बताउँदै भट्टराइले राज्यको दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि गैर सरकारी संस्थाहरुको निकै ठूलो भूमिका हुने र जनमैत्री खालेको बजेट निर्माण गरे नागरिकहरुको पहुँच पुग्ने थियो जस्ले गर्दा सरल सहज तरिका बाट सेवा प्राप्त गर्न सक्ने बताए । सरकार भनेको सेवा प्रदायक निकाय भएको हुँदा आम नागरिकहरुको सेवा प्राप्तिका लागि नागरिक समाजहरु हिम्मत भै आवाज उठाउन पर्ने भट्टराइले बताए ।

उक्त कार्यक्रममा गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य विजय प्रधानले कार्यक्रमको उद्देश्य माथि प्रष्ट पारेका थिए । कार्यक्रमको सहजिकरण केन्द्रिय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज गोपाल खड्काले गरेका थिए । रणनीतिक योजना निर्माणका लागि राय संकलन कार्यक्रममा गैर सरकारी संस्था महासंघ तनहुँका पूर्व अध्यक्ष दिपेन्द्र राज शाहीले गैर सरकारी संस्थाले दुर दराजमा गएर कार्यक्रम गर्ने गरेको बताए ।

पूर्व अध्यक्ष प्रतापलाल श्रेष्ठले गैर सरकारी संस्थाहरुले उत्पादनमा आधारित कार्यक्रमहरुमा जोड दिन पर्ने बताए । कार्यक्रममा महासंघ गण्डकी प्रदेश सदस्य तारादेवी खन्डुलुक थापा, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि कृष्णचन्द्र पाण्डे, गैर सरकारी संस्था महासंघ तनहूँका उपाध्यक्ष सरिता थापा भण्डारी, सदस्य सारदा गैह्रे, शुशिला देवी शर्मा, तुलसी गान्धारी, रिसेड तनहूँका प्रतिनिधि मदन पौडेल लगायतका वक्ताहरुले आ–विचार मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सरिता भन्डारीले, धन्यवाद मन्तव्य गण्डकी प्रदेशका उपाध्यक्ष पदमराज पाहारी र संचालन गैर सरकारी संस्था महासंघ तनहूँका सचिव ऋषिकान्त दुवाडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका