विद्यालयको पठन पाठन अबिलम्ब सुरु गर्न घिरिङ गाउँपालिकाको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १४

घिरिङ गाउँपालिकाले सामुदायिक विद्यालयको पठन पाठन अलिबम्ब सुरु गर्न अनुरोध गरेको छ । गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले आइतबार विज्ञप्ति प्रकाशित गरि शिक्षकहरुको हड्ताल तथा सडक आन्दोलन लम्बिदै जाँदा बालबालिकाहरुको भविष्य र सम्पूर्ण शैक्षिक गतिविधिमा समेत प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलनलाई प्रतिनिधिमूलक बनाउँदै शिक्षकहरु अविलम्ब विद्यालयमा फर्की पठनपाठन गर्नु गराउनुहुन अनुरोध गरेका छन् ।

नेपाल शिक्षक महासंघ केन्द्रीय कार्यसमितिको आह्वानमा गत चैत २० गतेदेखि देशभरका शिक्षक तथा कर्मचारीहरुबाट विद्यालय शिक्षा ऐन जारी गर्ने लगाएतका विभिन्न मागहरु राखी सडक आन्दोलन तथा शैक्षिक हड्ताल भइरहेको र उक्त आन्दोलनको प्रभावका कारण शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान, शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष रुपमा असर पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाईएको छ ।

शिक्षकहरुको राजधानीकेन्द्रित सडक आन्दोलन र शैक्षिक हड्तालका कारण बालबालिकाहरुको पढ्न पाउने नैसर्गिक अधिकार समेत हनन् भएको भन्दै विज्ञप्तिमा आन्दोलनकै कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा सञ्चालनमा समेत अवरोध सिर्जना भएको जनाईएको छ । यसले समृद्ध नेपाल, सुखी नेपाली भन्ने नेपालको राष्ट्रिय आकांक्षा पुरा गर्नमा समेत प्रत्यक्ष परोक्ष रुपमा असर पारेको भन्दै अलिबम्ब विद्यालयमा पठन पाठन सुरु गर्न अनुरोध गरिएको छ ।

साथै विद्यालयमा पठनपाठन भए नभएको विषय सम्वन्धित विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा समुदायस्तरबाट समेत अनुगमन गरी सोको जानकारी दिनुहुन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा