काठमाडौं । बैशाख १४
जनसंख्या र विकासका लागि एशियाली सांसदहरुको मञ्चको १५ औं साधरणसभामा नेपालको तर्फबाट राष्ट्रिय सभाका सांसद तथा सत्तापक्षका मुख्य सचेतक भगवती न्यौपानेले सहभागिता जनाएकी छिन् ।



मलेसियाको राजधानी क्वालालम्पुरमा आइतबारदेखी सुरु भएको उक्त साधारणसभामा नेपालबाट सांसद न्यौपाने र मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभाका सांसद योगेश गौचन थकाली सहभागी छन् ।
उक्त साधारणसभामा जनसंख्या र विकाससँग सम्बन्धित विषयमा छलफल हुने र त्यसैमा आधारित विभिन्न खालका विभेद, असमानता, जलवायु परिवर्तन लगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको सांसद न्यौपानेले बताइन् । सोमबार सम्म चल्ने सो कार्यक्रममा एशिया प्रसान्त क्षेत्रका ३३ देशका सांसदहरु सहभागी छन् ।