गण्डकी प्रदेशस्तरीय गजल वाचन प्रतियोगिता सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २९

गण्डकी प्रदेशस्तरीय गजल वाचन प्रतियोगिता हालै दुलेगौंडामा सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि कास्कीका निकेश गिरीले जितेका छन् । प्रतियोगितामा २९ प्रतिस्पर्धीलाई पछि पार्दै गिरीले उपाधि जितेका हुन् । उनले ११ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाए ।

प्रतियोगितामा गोरखाका कृष्णबहादुर महत दोस्रो भए । कास्कीकै मदन घिमिरेले तेस्रो स्थान हासिल गरेका छन् । महत र घिमिरेले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता गजलकारलाई शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक, अग्रज साहित्यकार शेषमणि आचार्य र शुक्ला साहित्य संगमकी अध्यक्ष टुकादेवी आचार्यले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा गजलकार रुपिन्द्र प्रभावी ‘कटु’, सरस्वती श्रेष्ठ ‘सरु’ र अनुराग अधिकारी निर्णायक रहेका थिए । शुक्ला साहित्य संगमको आयोजनामा शुक्लागण्डकी नगरपालिकाको युवासँग नगरपालिका कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो ।

गण्डकी प्रदेशभरका ३० जना गजलकारले अनलाइनमार्फत सिर्जना पठाएका थिए । उत्कृष्ट १० मा छनोट भएकालाई शनिबार प्रतिस्पर्धा गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता