म्याग्देमा विजनेश स्टार्टअप पछि स्थानिय समुदायलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ३

म्याग्दे गाउँपालिकाले स्थानिय समुदायलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम कार्यक्रम सन्चालन गर्ने भएको छ । रोजगारी नपाई सिप सिकेर आम्दानि गर्न स्थानिय युवा तथा युवतिहरुवाट माग भएपछि तालिम कार्यक्रम सन्चालन गर्न लागिएको हो ।

तालिमवाट सिप सिकेर आत्मनिर्भर र स्वावलम्वि बन्नका लागि यतिवेला म्याग्दे गाउँपालिकाका युवा युवतिहरु सक्रिय रुपमा लागि परेका छन् । गाउँपालिकाले गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत क्रिष्टलका गहना, हर्पिक, फिनेल, झोल सावुन, कफि (वारिष्ठा), कला सस्कृतिको संरक्षणका लागि पन्चे वाजा बजाउने, कुकिग, होमस्टे लगायतका तालिमका कार्यक्रमहरु संचालन गर्ने छ । तालिमवाट सिप सिक्नका लागि सिप नभएका व्यक्तिहरु सक्रियताका साथ लागिरहेका छन् ।

मेड्पा कार्यक्रमवाट सिप सिकाउन अगाडी उद्यमी वन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखिकरण र उद्यमशिलता विकास तालिम सन्चालन भईरहेको म्याग्दे गाउँपालिका आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले बताए । आर्थिक वर्ष २०८१।०८२ मा वडा नं ३,४,५ र ६ नम्वर वडाका ७५ जनालाई सिपमुलक तालिम दिने लक्ष्य रहेको बताउँदै न्यौपानेले भने ‘लघु घरेलु तथा साना उद्योग कम लगानिमा सिप मार्फत सहज रुपमा सन्चालन गर्न सकिने भएकाले यस तर्फ वेरोजगार रहेका युवा युवतिहरुको आकर्षण बढेको हो ।’

तालिमवाट स्थानिय तबरमा आर्थिक क्रियाकलाप बृद्धि गरि आर्थिक विकास प्रवद्र्धन गर्ने आर्थिक विकासमा नबप्रवद्र्धनको अवधारणालाई अवलम्वन गर्ने, समावेशी र दिगो स्थानिय आर्थिक बृद्धिको प्रवद्र्धन गर्ने, अन्तर स्थानिय तहमा नबीनता असल अभ्यास र सिकाई आदान प्रदान गर्ने, स्थानिय आर्थिक विकासका क्रियाकलापमा निजि क्षेत्र, सामुदायिक क्षेत्र र सहकारी क्षेत्रको अधिकतम परिचालन गर्ने लक्ष्य गाउँपालिकाको रहेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । गाउँपालिकाले चालुआर्थिक वर्षमा नवप्रवद्र्धन र बृद्धिमुखी उद्यमशिलता प्रवद्र्धन जस्ता कार्यक्रम सन्चालन गरि धेरै संख्यामा रोजगारी सृजना गर्ने लक्ष्य लिएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिए ।

स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने, स्थानिय तहमा आर्थिक समृद्धि हासिल गर्न, स्थानिय स्तरमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, स्थानिय क्षेत्रमा उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आय बृद्धि गर्नु, नबप्रवद्र्धनलाई अवलम्वन गरी समावेशि र दिगो आर्थिक विकास हाँसिल गर्नु रहेको छ । युवालाई व्यवसायमा आक्रर्षण गर्न युवाहरुको व्यवसाय सम्मेलन ( विजनेश स्टार्ट अप कन्फरेन्स) समेत आयोजना गरिसकेको आर्थिक विकास शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारी दिए । युवाहरुको माग र चाहनाका आधारमा तालिम तथा प्रवद्र्धनात्मक कार्यलाई प्राथमिकता दिईएका छौ न्यौपानेले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी