बन्दीपुरमा निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर हुने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ४

नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल, चितवन, बन्दीपुर गाउँपालिका, बन्दीपुर सामाजिक विकास समिति काठमाडौँ, रामेश्वरी छत्रछायाँ हेल्पिङ हेण्ड फाउण्डेसन नारायणगढ, बन्दीपुर छे. रोटरी हेरिटेज होम, बन्दीपुर अस्पतालको संयुक्त आयोजना र रुइत फाउन्डेशनको आर्थिक सहयोगमा बन्दीपुरका विभिन्न स्थानमा निःशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर हुनेभएको छ ।

उक्त शिविर जेठ १० गते शनिबार वडा नम्बर १ स्थित डुम्रे युवा सांस्कृतिक परिवारको भवन, वडा नम्बर २ स्थित आधारभूत स्वास्थ्य केन्द्र, कुकुर्दी र वडा नम्बर ५ स्थित कालिका आधारभूत विद्यालय, थुम्कामा हुने भएको छ । यस्तै जेठ ११ गते आइतबार वडा नम्बर ६ स्थित धरमपानी स्वास्थ्य चौकी र वडा नम्बर ३ को कार्यालय सेराटार तथा जेठ १२ र १३ गते बन्दीपुर अस्पतालमा आँखा शिविर हुने भएको छ ।

उक्त शिविरमा मोतियाविन्दु एवम् अन्य आँखाका समस्या भएका सबैले समयमै आँखा जाँच गरी मौकाको फाईदा उठाउन बन्दीपुर गाउँपालिकाले अनुरोध गरेको छ । शिविरमा छनौट भएका मोतियाविन्दुको बिरामीहरूको जेठ १३ र १४ गते बन्दीपुर अस्पतालमा निःशुल्क अप्रेशन हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको