बन्दीपुरमा फोटो पत्रकार समुहको फोटो यात्रा अभियान

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ४

नेपाल फोटो पत्रकार समुहले तनहुँ जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरमा फोटो यात्रा अभियान सुरु गरेको छ । शनिबार आयोजना गरिएको ‘बन्दीपुरको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम मार्फत अभियानको सुरुवात गरिएको हो । कार्यक्रममा फोटो पत्रकारहरुले तस्बिर र भिडियोको माध्यमबाट बन्दीपुरको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल फोटो पत्रकार समुहका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तले बन्दीपुरको सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने लक्ष्यसहित पत्रकारहरुलाई बारम्बार यहाँको ताजा तस्बिर संकलन गर्न आग्रह गरे । उनले बन्दीपुरजस्तो मौलिक तथा ऐतिहासिक शहरको सौन्दर्यले सञ्चार माध्यममा विशिष्ट स्थान पाउने भएकाले निरन्तर फोटो अभियान आवश्यक रहेको बताए ।

कार्यक्रममा कास्की शाखाका अध्यक्ष योगेन्द्र श्रेष्ठले बन्दीपुरको सौन्दर्य प्रवद्र्धनमा फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए सञ्चारकर्मीको सक्रियताले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन मद्दत पुग्ने उनले बताए ।

बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैंशबहादुर गुरुङले फोटो पत्रकार समुहको अभियानले भ्रमण वर्षको सफलतामा थप ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै उहाँले भने, ‘बन्दीपुरको प्रवद्र्धनका लागि सञ्चारकर्मी र फोटो पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ । तस्बिरले भावनालाई बोलाउँछ, र बन्दीपुरको मौलिकता, संस्कृति र प्राकृतिक सौन्दर्यलाई तस्बिरमार्फत संसारभर पु¥याउने अभियानलाई हामी स्वागत गर्छौं ।’

कार्यक्रमका प्रमुख अतिथि बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सञ्चार माध्यममा फोटो तथा भिडियोको प्रकाशन र प्रसारणले पर्यटकलाई आकर्षित गर्ने भन्दै यस अभियानले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले बन्दीपुर भ्रमण वर्ष २०२५ लाई सफल बनाउन प्रचारप्रसार अझ सशक्त ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

फोटो पत्रकार समुह तनहुँका अध्यक्ष विष्णु गौतमका अनुसार उक्त अन्तरक्रिया कार्यक्रममा तनहुँ र कास्कीका गरी २८ जना फोटो पत्रकारको सक्रिय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीमद् भगवद् गीता ज्ञान महायज्ञ तथा वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम सुरु

तनहुँ । माघ २२ ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, शाखा कार्यालय दमौलीको