अटो सन्चालन गर्न भानु नगरपालिकाको अनुमती

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ६

भानु नगरपालिका भित्र सन्चालनमा रहेको पबित्र कालिका प्रालिको २५ वटा अटोलाई सन्चालन अनुमति प्रदान गरिएको छ । सोमबार नगरपालिकामा आयोजित कार्यक्रममा उक्त अटोहरुलाई रुट इजाजतपत्र प्रदान गरिएको छ ।

उक्त अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले रुट इजाजतपत्र अत्यन्तै महत्वपूर्ण कानुनी कागजात रहेको र रुट इजाजतपत्र लिएका अटोलाई भानु नगरपालिका भित्र बैधानिक रुपमा सन्चालन गर्न अधिकार प्रदान गरेको बताए ।

उपप्रमुख उमा गोतामेले रुट इजाजतपत्र प्राप्त सवारीले नगरपालिकाबाट प्रदान गरिने सेवा, सुबिधा तथा अभिमुखिकरण कार्यक्रममा सहभागी जनाउन सक्नुका साथै सुरक्षित र व्यवस्थित यातायात प्रणाली स्थापित गर्नका लागि पनि रुट इजाजतपत्र अपिरिहार्य रहेको बताइन् ।

अटो, रिक्सा/ईलेक्ट्रिक रिक्सा तथा टेम्पो रूट ईजाजत कार्यविधि ,२०८१ बमोजिम प्रचलित कानूनको अधीनमा रही सवारी सन्चालनको लागि अब पवित्र कालिका यातायात प्रालि कम्पनीमा आवद्व रहेका २५ टेम्पो (अटो) लाई १ वर्षको लागि रूट ईजाजत प्रदान गरिएको नगरपालिकाले जनाएको छ । रुट इजाजत प्राप्त अटोहरुको भाडा दर पनि चाँडै नै कायम हुने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता