छुट्टाछुट्टै दुर्घटनामा ३३ जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ६

तनहुँमा मंगलबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३३ जना घाइते भएका छन् । पोखराबाट सुर्खेत तर्फ जादै गरेको ना ५ ख ६८४१ नम्बरको यात्रु बाहक बस म्याग्दे गाउँपालिका–४ घुम्ती स्थित पृथ्वीराजमार्ग सडक खण्डमा चालकले नियन्त्रण गुमाई सडक देखि अन्दाजी १५/२० मिटर तल खस्न गई दुर्घटना हुँदा बसमा सवार २५ जना घाइते भए । घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचार गरियो ।

उक्त दुर्घटनामा घाइते भएका मध्ये व्यास नपा–१ भादगाँउ बस्ने बर्ष ६७ का प्रेम बहादुर राना मगर सुर्खेत पञ्चपुरी नपा–७ बस्ने बर्ष २४ का गणेश सहकारी, रोल्पा परिवर्तन गापा–२ बस्ने बर्ष २२ का किस्मत घर्ती मगर, सुर्खेत विरेन्द्रनगर नपा–९ बस्ने बर्ष ३४ का नविन रेग्मी, दैलेख भगवतीमाई गापा–६ बस्ने बर्ष ३५ की दिल कुमारी रोकाया, नवलपुर कावसोती नपा–१७ बस्ने बर्ष ७६ का युक्त प्रसाद गौडेल, कास्की पोखरा मनपा–३० बस्ने बर्ष ३९ का कृष्ण बहादुर झ्यारी, सोही ठाउँकी वर्ष ७ की इत्रीशा मगर, सुर्खेत विरेन्द्रनगर नपा–१२ बर्ष ३१ का लोकेन्द्र बानिया, सोही ठाउँका ३२ बर्षका दुर्गा कुमारी पुन, कैलाली टिकापुर नपा–१ बस्ने बर्ष १८ का शन्देश पुन मगर, गोरखा सहितलखन नपा–५ बस्ने बर्ष ३८ का एक बहादुर राना जुम्ला तिला गापा–३ बस्ने बर्ष २२ का निराजन रावत , जुम्लाचन्द्रनाथ नपा–६ बस्ने बर्ष २२ का मोहन सुनार, दैलेख आठबिस नपा–६ बस्ने बर्ष १९ का गणेश उपाध्याय र दैलेख आठबिस नपा–६ बस्ने बर्ष १९ का गणेश उपाध्यायको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरि सुर्खेत गुर्भाकोट नपा–१३ बस्ने बर्ष ५० का जय बहादुर चन्द, सुर्खेत पञ्चपुरी नपाा–१० बस्ने बर्ष ५६ का धन बहादुर देउवा, सुर्खेत लेखवेशी नपा–१ बस्ने बर्ष ३४ का राज कुमार बादी, जुम्ला तिला गापा–६ बस्ने बर्ष २२ का कमल रोकाया, दैलेख दुल्लु नपा–१ बस्ने बर्ष ३३ का महेन्द्र बहादुर खड्का, सोही ठाउँका बर्ष ३५ का डम्मर बहादुर खड्का, डोल्पा मुर्कुचुला गापा–९ बस्ने बर्ष २४ को दल बहादुर बुढाको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको छ । उनीहरुको पनि अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै बस चालक सुर्खेत विरेन्द्रनगर नपा–९ बस्ने बर्ष २९ का शेर बहादुर वली, सह–चालक कास्की पोखरा मनपा–२१ बस्ने बर्ष २६ का संजय अधिकारी र सुर्खेत विरेन्द्रनगर नपा–९ बस्ने बर्ष २८ का अशोक विक लाई म्याग्दे पोलिकिल्निक थर्पुमा प्राथमिक उपचार गरि थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी अशोक थापाले जानकारी दिए ।

यसैगरि मंगलबार बिहान बन्दिपुर गापा–४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गको सडक खण्डमा रुकुम–पश्चिमबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश १–०१–००१ ख ४१५२ नम्बर को बस र बिपरित दिशा बाट आउदै गरेको बा.प्र.०१–००१ अ–यो ००२७ नम्बरको टिप्पर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ८ जना घाइते भए ।

उक्त दुर्घटनामा रुकुम पश्चिम बाँकेकोट गापा–७ बस्ने बर्ष ४९ को हरिशचन्द्र खत्री गम्भिर घाइते भएका छन् । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै अन्य घाइतेहरुमा रुकुम पश्चिम बाँकेकोट गापा–६ का ३५ वर्षीय चन्द्र बहादुर रावल, सोही गापा ४ का १७ बर्षीया बिन्दु वली, सोही ठाउँका ५० बर्षिय भद्रबहादुर वली, सोही जिल्लाकी ३५ बर्षिय सर्मिला पाण्डे, बस चालक नुवाकोट जिल्ला मेघा नपा ५ का ३० बर्षिय संजोग नेपाली र टिप्पर चालक तनहँ भानु नपा १२ का ४४ बर्षिय शंकर अधिकारी रहेका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र