श्रम अदालतको फैसलाः देवघाट क्षेत्र विकास समितिमा अधिकारीलाई पुनर्वाहाली गर

Devghat Online

शेयर गरौ

देवघाट । जेठ ७

देवघाट क्षेत्र विकास समितिले जवर्जतस्ती सेवाबाट हटाईएकी देवु अधिकारीलाई पर्नुवाहाली गर्न श्रम अदालतले फैसला सुनाएको छ । श्रम अदालतका अध्यक्ष जनक पाण्डे र न्यायधीश निशा बानियाँको इजलासले जेठ ६ गते मंगलबार अन्तिम फैसला सनाउँदै उक्त पदमा स्थायी पदपुर्ती नहुँदा सम्म अधिकारीलाई पुनर्वाहाली गर्न भनेको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले २०८० मंसिर १ गते अधिकारीलाई पदमुक्त गरेको पत्र थमाएका थिए । आफुलाई जवर्जस्ती सेवाबाट हटाईएको भन्दै अधिकारीले समितिको विरुद्धको २०८० मंसिर २५ गते सेवाबाट हटाईएको निर्णय बदर गरी सेवा सुविधा दिलाई पुनर्बहाली समेत गरि पाउँ श्रम अदालतमा मुद्धा दायर गरेकी थिइन् ।

snake-at-taudaha

देवघाट गाउँपालिका–५ निवासी अधिकारी देवघाट क्षेत्र विकास समिति अन्तर्गत सन्चालित देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रमकी व्यवस्थापक हुन् । श्रम अदालतको फैसलाले आफुलाई न्याय मिलेको अधिकारीले बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता