देवघाटका गुरुकुलका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

Devghat Online

शेयर गरौ

देवघाट । जेठ ६

देवघाटधाममा सन्चालित गुरुकुलहरुमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सेवा र विकासका लागि युवा अभियानले मंगलबार हहिर सन्यास आश्रममा कार्यक्रम आयोजना गरि देवघाटमा रहेका पाँचवटा गुरुकुलमका करिब पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

प्राज्ञिक विद्यार्थी परिषद्को समन्वयमा देवघाटका गुरुकुलका विद्यार्थीलाई झोला, ज्यामिट्रिबक्स लगायतका शैक्षिक सामाग्री वितरण गरिएको सेवा र विकासका लागि युवा अभियानका राष्ट्रिय अध्यक्ष डा.देवेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार देशका १३ जिल्लामा केन्द्रित भएर गरिब तथा सिमान्तकृत समुदायका विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक सामाग्री वितरण भइरहेका छन् ।

यसका लागि ५५ लाख रुपैंया बजेट विनियोजन समेत गरिएको कँडेलले जानकारी दिए । अभियान मार्फत युवा विद्यार्थीलाई स्वरोजगार बनाउन कृषि र शैक्षिक क्षेत्रमा लगानी गरिएको उनले बताए ।

उक्त कार्यक्रममा महेश संस्कृत गुरुकुल विद्यापीठका प्राध्यापक पुजक बास्कोटाले विद्यार्थीका लागि शैक्षिक सामाग्री प्रदान गरेकोमा अभियानलाई धन्यबाद दिए । उनले नेपाली माटो र पूर्वीय दर्शनलाई माया गर्नेहरुलाई सहयोग गर्न समेत अनुरोध गरे । विद्यार्थी उज्वल पोखरेलले यस सहयोगले अध्ययनमा सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता