तनहुँमा १५ दिने भलिबल प्रशिक्षण सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ७

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा बुधबारदेखि दमौलीमा भलिबल प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

समितिले दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले व्यास नगरपालिका–३ स्थित खुल्ला मैदानमा १५ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले गरेका छन् । उद्घाटन समारोहमा उनले खेलकुदको माध्यमबाट युवा पुस्ताको समग्र विकास सम्भव रहेको बताएका छन् ।

समितिका अध्यक्ष अनिल पाण्डेले आगामी १५ दिनसम्म सञ्चालन हुने यस प्रशिक्षण कार्यक्रमले जिल्लामा खेलकुदको स्तर उकास्न र नयाँ खेलाडीहरूको उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता