कांग्रेसभित्र एकता अपरिहार्य छः प्रवक्ता महत

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ७

नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा.प्रकाशशरण महतले पार्टीभित्र एकताको विकल्प नरहेको बताएका छन् ।

नेपाली कांग्रेस भानु नगरसमितिले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टी बलियो हुन पार्टीभित्र सहमति र एकता अपरिहार्य रहेको बताए ।

पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ छ । कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतले उल्लेख गरे ।

प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा देश विकास सम्भव रहेको र धेरै विकासका काम पार्टीकै नेतृत्वमा भएको बताउँदै कांग्रेसले गरेका कामको प्रचारप्रसार गर्न आवश्यक रहेको टिप्पणी गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका वैकल्पिक केन्द्रीय सदस्य पुष्पराज पराजुली, जिल्ला कार्यसमितिका उपसभापति देवकुमार श्रेष्ठ, सचिव सहदेव अधिकारी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता