‘सगरमाथा संवादले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गरायो’–सांसद न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं । जेठ ७

राष्ट्रियसभामा नेकपा एमालेकी प्रमुख सचेतक भगवती न्यौपानेले सगरमाथा संवादले जलवायु परिवर्तन र त्यसले नेपालमा पारेका असरबारे संसारले सुन्नेगरी ध्यानाकर्षण गराएको बताएकी छन् ।

बुधबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले यसअघि पनि विश्वसामु जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरू विश्वले सुन्ने गरी सगरमाथा संवादले गराएको दाबी गरिन् ।

उनले प्रकृतिमाथि हस्तक्षेप गरियो भने प्रकृतिले पनि हामीसँग बदला लिन्छ भन्दै प्रकृतिलाई अनुकूलमा लिएर सम्बन्ध बनाउँदै जानुपर्नेमा जोड दिइन् । सगरमाथा संवादले जलवायु परिवर्तनबाट नेपालले व्यहोर्नुपरेको क्षति स्पष्टताका साथ विश्वसामु राखेकोले भोलि परिणाम पनि सगरमाथाझैँ प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सोहीअनुरुप कानुन बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आगामी बजेटमा समेत स्थान पाउने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र