देवघाट । जेठ ९
देबघाट गाउँपालिका–४ काफलडाँडा स्थित राष्ट्रिय माविका बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखाले उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।



संस्थाका अध्यक्ष मुक्तिनाथ सुबेदी, संस्थापक अध्यक्ष बसन्त गैरे, उपाध्यक्ष विवेक लामिछाने र कोषाध्यक्ष रेशम भुजेलले उक्त शैक्षीक सामग्री हस्तान्तरण गरेका थिए ।
शैक्षीक सामग्री ग्रहण गर्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र गुरुङ र प्रधानध्यापक बिना पौडेलले हाम्रो दृष्टि राम्रो दृष्टिलाई धन्यवाद दिएका थिए ।












