देवघाट । जेठ १०
देवघाट कलेज सन्चालनार्थ आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले घरदैलो अभियान सुरु गरिएको छ । कलेज स्थापना सहकार्य एवं सन्चालक समितिका संयोजक डा.सुरेन्द्रप्रसाद श्रेष्ठको नेतृत्वमा शनिबारबाट देवघाटमा घरदैलो सुरु गरिएको हो ।




कलेज सन्चालन गर्न आर्थिक समस्या भएको हुँदा घर दैलो मार्फत कलेजको बारेमा बुझाई आर्थिक संकलन समेत गरिने संयोजक डा.श्रेष्ठले बताए । कलेज सन्चालन गरि आर्थिक अबस्था कमजोर भएको विद्यार्थीलाई पनि उच्च शिक्षामा जोडाउन सकिने उदेश्यले कलेज खोल्न लागि परेको श्रेष्ठले बताए । देवघाटमा बसेको जो बैदेशिक यात्रामा नगएका र जाने युवाहरु पनि हरेक घर घरबाट व्याचलर पास हुन पर्छ भन्ने उदेश्य राखि क्याम्पस सन्चालन गर्न खोजिएको श्रेष्ठले बताए ।

कलेज सन्चालन गर्न आर्थिक अबस्था कम भएको हुदा विभिन्न संघ सस्थासँग रकम सहयोग गर्न अनुरोध गरिएको श्रेष्ठले बताए । देवघाटमा रहेको विभिन्न व्यवसाय, सामुदायिक वनहरुले पनि कलेज सन्चालनको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको कलेज सन्चालन समितिका सह संयोजक केशवचन्द्र न्यौपानेले बताए ।

घर दैलो कार्यक्रममा आर्थिक संकलन गर्न हिडिरहदा जनसमुदायले पनि अत्यन्त राम्रो सल्लाह शुझाव र प्रतिक्रिया दिएको न्यौपानेले बताए । कलेज स्थापनाको लागि हरेक संघ सस्था, राजनीतिक दलहरुले निश्वार्थ भावनाले सहयोग गर्नुपर्ने न्यौपानेले बताए ।












