गलेश्वर आश्रमको शतबार्षिकोत्सव मनाइने

Devghat Online

शेयर गरौ

देवघाट । जेठ ९

गलेश्वर आश्रम देवघाटको शतवार्षिकोत्सव समारोह आगामी जेठ १४ गते मनाइने भएको छ ।

आश्रमको शतवार्षिकोत्सव तथा आश्रमका संस्थापक तपोनिष्ठ अष्टाङ्ग योगसिद्ध योगिराज श्री ईश्वरानन्द ब्रहृमचारी (गलेश्वर बाबा) को ५० औं स्मृति दिवसको अवसरमा जेठ १४ गते बुधबार आश्रमका अध्यक्ष एवं पीठाधीश अनन्त श्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा बिहान ९ बजे गलेश्वर आश्रम परिसरमा बृहत् धार्मिक अनुष्ठान, स्मृतिसभा र विशाल भण्डारा कार्यक्रम आयोजना गरिएको आश्रमले जनाएको छ ।

त्यसैगरि सोही अवसरमा बेदबेदाङ्ग विद्यार्थी परिषदको आयोजनामा बृहत साहित्यिक कार्यक्रम इश्वरानन्द काव्य कुन्जको १० औं सृङखला कार्यक्रम जेठ १३ गते साँझ ७.३० बजे बेद बेदाङ्ग विद्यालयमा हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो