गलेश्वर आश्रमको शतबार्षिकोत्सव मनाइने

Devghat Online

शेयर गरौ

देवघाट । जेठ ९

गलेश्वर आश्रम देवघाटको शतवार्षिकोत्सव समारोह आगामी जेठ १४ गते मनाइने भएको छ ।

आश्रमको शतवार्षिकोत्सव तथा आश्रमका संस्थापक तपोनिष्ठ अष्टाङ्ग योगसिद्ध योगिराज श्री ईश्वरानन्द ब्रहृमचारी (गलेश्वर बाबा) को ५० औं स्मृति दिवसको अवसरमा जेठ १४ गते बुधबार आश्रमका अध्यक्ष एवं पीठाधीश अनन्त श्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा बिहान ९ बजे गलेश्वर आश्रम परिसरमा बृहत् धार्मिक अनुष्ठान, स्मृतिसभा र विशाल भण्डारा कार्यक्रम आयोजना गरिएको आश्रमले जनाएको छ ।

त्यसैगरि सोही अवसरमा बेदबेदाङ्ग विद्यार्थी परिषदको आयोजनामा बृहत साहित्यिक कार्यक्रम इश्वरानन्द काव्य कुन्जको १० औं सृङखला कार्यक्रम जेठ १३ गते साँझ ७.३० बजे बेद बेदाङ्ग विद्यालयमा हुने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले