पुलबाट मादी नदीमा बलेरो खस्दा ३ जनाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ ११

तनहुँको मादी नदीको पुलबाट बलेरो नदीमा खस्दा ३ जनाको मृत्यु भएको छ । दमौलीबाट पोखरा तर्फ जादै गरेको ग २ च ५७६० नम्बरको बलेरो गाडी राती ११.३० बजे ब्यास नपा–५ स्थित मादीको पुलदेखी नदिमा खस्न गई दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा व्यास नपा–५ बेतेनी बस्ने बर्ष २८ का प्रविन आले, सोही वडाको मानुङसोहरा बस्ने बर्ष २२ का कुसल थापा मगर र सोही ठाउँका २२ बर्षीय कुमार थापा मगर रहेका छन् । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा जिप चालक ब्यास नपा ४ बस्ने बर्ष २४ का सनि बानीयाँ, जिपमा सवार जिल्ला पर्सा प्रनानिपुर–३ बस्ने बर्ष २० को धिरज रोनीयार घाइते भएका छन् । रोनियारको अवस्था गम्भिर रहेको छ । उनको घाँटी, छातीमा भित्री चोट, दायाँ खुट्टामा काटिएको प्रहरीले जनाएको छ । उनको मणिपाल अस्पताल पोखरा उपचार भईरहेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले