भानुमा समुदाय विपद् स्वयंसेवक तालिम सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १५

भानु नगरपालिका र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २३ गण हे.क्वा. मनकामना, तनहुँको संयुक्त आयोजनामा समुदाय विपद् स्वयंसेवक तालिम आइतबार सुरु भएको छ ।

विपद् व्यवस्थापन तथा उद्धार कार्यमा समुदायस्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिममा नगरसभा सदस्य, विभिन्न टोल विकासका प्रतिनिधि, आमा समुहका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी पत्रकार लगाएतको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठीले समुदायस्तरमै विपद् प्रतिकार्यको क्षमतामा वृद्धि गर्नु आवश्यक रहेको बताउँदै यस्तो तालिमले व्यवहारिक ज्ञान र आत्मविश्वास दुवै बढाउने बताए ।

तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई विपद्को जोखिम मूल्यांकन, उद्धार प्रविधि, प्राथमिक उपचार, सर्च एण्ड रेस्क्यु र जल उद्धार लगायतका विषयहरूमा तालिम दिइनेछ । तालिममा सशस्त्र प्रहरी बलका अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिएका छन् । यस प्रकारको तालिमले विपद् व्यवस्थापनमा समुदायको सक्रिय सहभागिता र तत्परता सुनिश्चित गर्ने विश्वास लिइएको छ । उक्त जेठ २८ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो