देवघाट गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

Devghat Online

शेयर गरौ

देवघाट । जेठ १३

देवघाट गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । पालिका खोप समन्वय समितीको आयोजनामा मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तीरमण वाग्लेले देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सन्चालित खोप अभियान पुर्ण भएपछि देवघाट गाउँपालिकालाई पुर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए । स्वास्थ्यकर्मिहरुको घरधुरी सर्वेक्षणले देखाएको तथ्यांक अनुसार उक्त पालिकाका सबै वडा भित्रका १६ देखि ५९ महिना सम्मका बालबालिकाले पुर्ण खोप प्राप्त गरे पछि उक्त घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले स्वस्थ नागरिक बन्नको लागि सरकारले ९ वटा प्रकारको खोप उपलब्ध गराएको र जसको कारण पछिल्लो समयमा बालबालिकाहरुको मृत्युदर कम भएको वाग्लेले बताए । खोप अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनले बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले खोप अभियान सफल बनाउनुपर्ने भन्दै खोप पाउनु सबै बालबालिकाको नैसर्गिक अधिकार भएको हुँदा स्वास्थ्यकर्मीहरु यस बारेमा गम्भिर बन्नु पर्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगबहादुर बस्नेतले नागरिकलाई शारीरिक स्वास्थ मात्र नभई मानसिक हिसावले पनि स्वास्थ राख्न पालिकाले भुमिका खेल्ने बताए । स्वास्थ्य कार्यालय तनहुँका निमित्त प्रमुख शंकरवावु अधिकारीले पुर्ण अधिकार खोप घोषणा गर्दा जनतामा जनचेतना फैलिने बताए । सबै खोप लगाउन पाउनु बालबालिकाको नैसर्गिक अधिकार रहेको सो कारण सबै बालबालिकालाई खोप लगाउनुपर्ने बताए ।

गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य केशव चन्द्र न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका बलबहादुर क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष दिवाकर मिश्र, कालिका माविका प्रअ शरदचन्द्र खनाल, देवघाट महिला सन्जालका अध्यक्ष राधा देवी खनाल लगायतले खोप अभियानको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय