तनहुँ । जेठ १४
भानु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट तयारीलाई प्रभावकारी बनाउन बुधबार छलफल कार्यक्रम आयोजना गरेको छ ।



नगर कार्यपालिकाको कार्यालय फुस्रेटारमा आयोजित उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, जनप्रतिनिधि, विभिन्न राजनीति दलका प्रतिनिधिहरु, नागरिक समाज, पुर्व जनप्रतिनिधिहरु, विषयगत शाखा प्रमुख, शिक्षक प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले नीति निर्माण, बजेट विनियोजन तथा कार्यक्रमको प्राथमिकता निर्धारणका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख आनन्दाज त्रिपाठीले सहभागितामूलक योजना निर्माणको आवश्यकता औंल्याउँदै स्थानीय स्तरका जनप्रतिनिधि र बासिन्दाको सुझावलाई प्राथमिकता दिएर बजेट बनाउने प्रक्रिया थालिएको बताए ।
भानु नगरपालिकाले यस्तो छलफलमार्फत स्थानीय आवश्यकता र प्राथमिकता समेट्ने प्रयास गरेको छ, जसले गर्दा नीति तथा बजेट जनउत्तरदायी र प्रभावकारी बन्ने विश्वास लिइएको छ ।












