छिम्केश्वरी मन्दिरको पुनर्निर्माण

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १३

तनहुँ जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरको पुनर्निर्माण कार्य अहिले तीब्र गतिमा जारी छ ।

आँबुखैरेनी गाउँपालिकाको नीति र कार्यक्रमअनुसार, छिम्केश्वरी मन्दिरको पुनर्निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । यो मन्दिर समुन्द्र सतह देखी २ हजार १३४ मिटरको उचाईमा रहेको सात देवी मध्ये सबैभन्दा पवित्र मानिने छिम्केश्वरी माइको पवित्र स्थल हो ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार छिम्केश्वरी मन्दिरको विकास र सुधारका लागि विभिन्न कार्यहरू चलिरहेका छन् । यी कार्यहरूमा नेपाली कला र संस्कृति झल्कने पौवा पाटी (फाल्चा) निर्माण, मन्दिरको भित्र पित्तलको चदुँवा र पाताहरूको लगाउने व्यवस्था, बाहिरी पेटी र सिँढीहरूमा तेरीया इट्टा राख्ने, र आंगन परिसरमा ढुङ्गा राख्ने जस्ता महत्वपूर्ण कार्यहरू समावेश छन् ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणले मात्र धार्मिक स्थलको महत्वलाई बढाउने र यसले समग्र गाउँपालिकाको विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउने बताए ।

मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रको धार्मिक पर्यटनको विकासमा उल्लेखनीय प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र