ऐना पहरा क्षेत्रमा स्काईवाल्क निर्माणको प्रक्रिया सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १४

आँबुखैरेनी गाउँपालिकाले ऐना पहरा क्षेत्रको पर्यटन प्रवद्र्धन लागि स्काईवाल्क निर्माणको प्रक्रिया सुरु गरेको छ । यो परियोजना पर्यटनको विकास र साहसिक गतिविधिहरूको लागि महत्वपूर्ण कदम मानिएको छ ।

गाउँपालिकाले ऐना पहरा क्षेत्रलाई साहसिक क्रियाकलापका लागि उपयुक्त स्थलका रूपमा विकसित गर्ने योजना बनाएको हो । हाल सर्भे कार्य भइरहेको र स्काईवाल्क निर्माणको तयारीले तीव्रता लिएको गाउँपालिकाले जनाएको छ । यो परियोजनाबाट स्थानीय पर्यटनको विस्तार र आर्थिक विकासको नयाँ अवसर सिर्जना हुने आशा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरा क्षेत्रको पर्यटनमा नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गर्दै स्काईवाल्क निर्माणले यहाँको पर्यटनलाई नयाँ उचाइमा पु¥याउने बताए ।

अध्यक्ष चुमानका अनुसार, यो परियोजना स्थानीय रोजगारीको सृजनासहित क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने छ । यसका साथै, ऐनापहरा क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिहरूको संयोजनले यो स्थानलाई पर्यटनको प्रमुख गन्तव्य बनाउने छ ।

गाउँपालिकाले ऐनापहरा क्षेत्रमा विभिन्न पूर्वाधारका कामहरू अघि बढाइरहेको छ, जसले गर्दा यहाँको पर्यटन क्षेत्रलाई थप सशक्त बनाउन मद्धत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो