घिरिङ गाउँपालिकामा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, जेठ १८

घिरिङ गाउँपालिकाले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार गाउँपालिका वडा नं १ को पुटारस्थित कार्यालयमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा कार्यरत व्यक्तिहरूका परिवारहरूसँग अन्तरक्रिया गरिएको थियो।

“स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सीप सिकेर सही सूचना लिएर मात्र जाऔं” भन्ने नारा सहित सम्पन्न कार्यक्रम वडाध्यक्ष रविचन्द्र घोरासेनीको अध्यक्षता भएको थियो। उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सञ्चालित सामी कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

यसैगरी गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले विदेश जानुअघि पालिकाका परामर्शदातासँग समन्वय गर्न आग्रह गर्दै सिप सिकेर र वैधानिक प्रक्रियाबाट विदेश गएमा दुःख पाउन नपर्ने बताइन्।

कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम घिरिङका मनोसामाजिक परामर्शदाता सुविन श्रेष्ठले सहजीकरण गरेका थिए। उनले सामी कार्यक्रम अन्तर्गत प्रदान गरिने पाँच प्रमुख सेवाहरू सूचना तथा परामर्श, कानुनी सहयोग, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता र सीप विकास तालिमको बारेमा जानकारी गराएका थिए। साथै, वैदेशिक रोजगारमा जानु अघि ध्यान दिनुपर्ने महत्त्वपूर्ण पक्षहरूबारे समेत प्रशिक्षण दिइएको थियो।

स्वीस सरकारको विकास सहयोग संस्था एसडीसीको सहकार्यमा हेल्भेटास नेपालले कार्यक्रमको प्राविधिक सहयोग पुर्‍याएको श्रेष्ठले जानकारी दिए।

अभिमुखीकरण कार्यक्रममा नेकपा एमालेका नेता विष्णुभक्त सिग्देल, स्थानीय विद्यालयका प्रधानाध्यापकहरू, वडा प्रतिनिधिहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, युवा तथा महिला अगुवा र बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय