नेपाल रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाको सभापतीमा कार्की

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १७

नेपाल रेडक्रस सोसाइटी भगवतीपुर उपशाखाको सभापतीमा मिनबहादुर कार्की निर्वाचित भएका छन् । उपशाखाको शनिबार सम्पन्न चौँथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्की पुनः सभापतीमा निर्वाचित भएका हुन् ।

उपशाखाको महिला उपसभापतिमा सुना गुरुङ, सचिवमा मान वहादुर थापा (मनिष), कोषाध्यक्षमा होमबहादुर थापा पुनः दोहोरिएका छन् भने सहसचिवमा गोविन्द श्रेष्ठ, सह कोषाध्यक्षमा उत्तम थापा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा याम बहादुर थापा, प्रेमबहादुर थापा, आजन्ति माया थापा, लोहविर थापा र विमन आले चयन भएका छन् । त्यस्तै सल्लाहकारमा नारायण प्रसाद श्रेष्ठ चयन भएका छन् ।

उक्त अधिवेशनमा नेपाल रेडक्रस सोसाईटी तनहुँका मन्त्री सुर्यचन्द्र हड्खले, नेरेसो तनहुँका जिल्ला सदस्य तथा निर्वाचन संयोजक विमल गिरी, जिल्ला सदस्य सुमन थापा, नेपाली काँग्रेस घिरिङ गाउँ कार्य समितिका सभापती याम बहादुर थापा, नेपाल शिक्षक संघ घिरिङका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ लगायतको बिशेष उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ