तनहुँ । जेठ १८
विश्वको सर्वाेच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणकर्ता तेन्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित फिल्म ‘ताशी’ तनहुँको सुन्दर पर्यटकीय शहर बन्दीपुरमा छायांकन सुरु भएको छ ।



‘ताशी’ एक ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिमा आधारित चलचित्र हो जसले बन्दीपुरलाई भारतको ६० को दशकको दार्जिलिङ वा सिक्किम जस्तो शान्त, सुन्दर र सांस्कृतिक गन्तव्यको रूपमा देखाउने प्रयास गरेको छ । फिल्म सुटिङको लागि बन्दीपुरलाई ६० को दशकको दार्जलिङ बनाईएको छ । बन्दीपुरका घरहरु, होटल, त्यहाँका मानिसहरु, रहन सहन र संस्कृति सबै दार्जलिङकै जस्तो बनाईएको छ ।

फिल्म छायांकनको लागि बन्दीपुर बजार क्षेत्रका घरहरु प्रयोग गरे वापत निर्माण टोलीले दैनिक ५ हजार देखि ३० हजार रुपैयाँसम्म घर धनीहरूलाई प्रदान गरेका छन् भने बन्दिपुर आसपासका विभिन्न उमेर समुहका करीब ३ सय जना स्थानीय बासिन्दाहरूलाइ दैनिक १ हजार देखी देखि १ हजार ५ सयसम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरेका छन् । फिल्म छायांकनका लागि ३ सय जना विदेशी प्राविधिकहरू विगत एक हप्तादेखि बन्दिपुरमा रहेका कारण बन्दिपुरका सबै प्रकारका होटलहरू भरिभराउ रहेको होटल व्यवसायीहरुले बताएका छन् । उक्त चलचित्रको छायांकनबाट बन्दिपुरले छायांकन अवधिभर करीब एक करोड बराबरको आर्थिक लाभ लिन सक्ने बताईएको छ ।

यो फिल्मले बन्दीपुरको प्राकृतिक सौन्दर्य, पुरानो शैलीको बस्ती, हिमालको दृश्य, संस्कृति र जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गर्ने विश्वास बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले गरे । उनले फिल्मको प्रर्दशनीपछि बन्दीपुर विश्वभर परिचित हुने विश्वास व्यक्त गरे ।

यसले बन्दीपुरको पर्यटनलाई उचाईमा पु¥याउने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक बैंश गुरुङले बताए । उक्त फिल्म बन्दीपुरमा ३ दिन सम्म छायांकन हुनेछ ।













