दम रोगबाट पीडित कुमारी परियारलाई एमालेको आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

अन्जान परियार । तनहुँ, जेठ १८

भिमाद नगरपालिका–५ बुढाकोट निवासी दम रोगबाट पीडित कुमारी परियारलाई नेकपा एमाले भिमाद नपा वडा नम्बर ५ कमिटीले आर्थिक सहयोग स्वरूप २० हजार प्रदान गरेको छ । हाल परियार चितवनस्थित पुरानो मेडिकल कलेज अस्पतालमा उपचाररत छिन् । स्वास्थ्य अवस्था जटिल हुँदै गएको र उपचारमा आर्थिक अभाव देखिएपछि नेकपा एमाले वडा नं. ५ कमिटीको पहलमा सहयोग संकलन गरी सहयोग हस्तान्तरण गरिएको हो ।

पीडित परियार केही दिनदेखि अस्पतालमा भर्ना भई दम रोगसँग संघर्ष गरिरहेकी छिन् । उनको उपचारमा कठिनाइ भइरहेको खबर पाएपछि एमाले वडा कमिटीले मानवीय सेवाको भावनासाथ सहयोग संकलन गरी आवश्यक सहयोग गरेको नेकपा एमाले भिमाद नगर कमिटि सदस्य संगिता विकले बताइन् ।

संकलित सहयोग रकम बिरामीकी छोरा धन बहादुर परियारलाई नेकपा एमाले भिमाद नगर कमिटी सदस्य संगिता विकले हस्तान्तरण गरेकी थिइन् । उक्त सहयोग हस्तान्तरण कार्यक्रमका क्रममा विकले सहयोगदाताहरूलाई धन्यवाद दिँदै यस्ता कार्यहरूले समाजमा एकता, माया र सेवा भावनालाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।

नेकपा एमाले भिमाद वडा नम्बर ५ कमिटीको यो कदमले सामाजिक उत्तरदायित्व र मानवतावादी व्यवहारको ज्वलन्त उदाहरण प्रस्तुत गरेको धनबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण