डिजि लिङ्कले निःशुल्क स्वास्थ्य शिविर गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १९

डिजि लिङ्क नेटवर्क प्रालिले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । यही जेठ २४ गते विशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविर हुने लागेको हो । तनहुँ सेवा हस्पिटल, आविष्कार अस्पताल र युआरएल फाउण्डेसनको प्राविधिक सहयोगमा तनहुँ सेवा हस्पिटल परिसरमा उक्त शिविर हुने भएको छ ।

आइतवार दुलेगौंडामा आयोजित पत्रकार सम्मेलनमा डिजी लिङ्क नेटवर्कका अध्यक्ष विपिन वाग्लेले संस्थाको सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै सामाजिक कार्य गर्न लागिएको जानकारी दिए ।

तनहुँ सेवा हस्पिटलका अध्यक्ष एवम् डिजी लिङ्कका सल्लाहकार हरि खड्काले अस्पतालले यसअघि ग्रामिण भेगमा शिविर केन्द्रि गर्दै आएको जानकारी दिदै आगामी शिविर मौसमका कारण अस्पताल परिसरमै गर्ने निर्णय भएको उल्लेख गरे ।
पत्रकार भेटघाटमा अस्पतालका प्रबन्ध निर्देशक विष्णु अर्यालले सुगर युरिक एसिड, कोलस्ट्रोल, टिजी, इसीजी, भिडियो एक्सरे निुशल्क र एक्सरेमा ५० प्रतिशत छुट प्रदान गरिने जानकारी दिए ।

डिजी लिङ्कले तनहुँको शुक्लागण्डकी, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका, कास्कीको लेखनाथ र पाल्पाको रामपुर क्षेत्रमा इन्टरनेट सेवा प्रदान गर्दै आएको डिजी लिङ्कका निर्देशक विवेक वाग्लेले जानकारी दिए । कम्पनीले वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य