यातयात बन्द र हड्तालको विरोधमा तरुण दल र नेविसंघद्वारा ज्ञापनपत्र

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १९

नेपाल तरुण दल व्यास नगर समिति र नेपाल विद्यार्थी संघले सार्वजानिक यातयात बन्द र विरोधमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा तरुण दल र नेविसंघले देशव्यापी चक्काजामका कारण आमजनजीवनमा परेको असर प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विगत ३ दिनदेखी विभिन्न यातायात व्यवसायी समुहद्वारा आयोजना गरिएको देशव्यापी चक्काजामका कारण सर्वसाधारण नागरिकहरुको दैनिक जीवन अत्यन्त कष्टकर भएको भन्दै शैक्षिक संस्था, अस्पताल र रोजगारीमा जानुपर्ने नागरिक अझबढि प्रभावित भएको जनाईएको छ ।

बन्दको नाममा सार्वजनिक र निजी सम्पत्तिमा क्षति, जनतामा त्रास र सामाजिक अस्थिरता फैलाउने कार्यहरु लोकतान्त्रिक मूज्य र नागरिक अधिकार विपरित भएको भन्दै तरुण दलले देशव्यापी चक्काजामको गतिविधि तत्काल रोक्न आवश्यक कदम चाल्न प्रशासनसँग माग गरिएको छ ।

तरुण दल व्यास नगर समितिका सभापती युवराज भण्डारीको हस्ताक्षर रहेको ज्ञापनपत्रमा बन्दको नाममा गरिने जबर्जस्ती तोडफोड र अवरोधको तत्काल अन्त्य गर्न, शैक्षिक संस्था स्वास्थ्य सेवा, सार्वजनिक यातायात प्रणालीलाई पूर्ण सुरक्षा प्रदान गर्न, बन्दको आह्वान गर्ने समूहहरूको माग कानुन बमोजिम पुरा गर्न, शान्तिपूर्ण जीवनवापन गर्न नागरिकहरूलाई सुरक्षा तथा सहयोग प्रदान गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य