तनहुँ । जेठ १९
म्याग्दे गाउँपालिकाले कला संस्कृतिको सरक्षणका लागि पन्चेवाजा वजाउने सिपमुलक तालिम सचालन गरेको छ । सीप नभएर विरोजगार रहेका महिला–पुरूषलाई सीप मार्फत आत्मनिर्भर वनाउन सिपमुलक तालिम सन्चालन गरेको हो ।



गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत वडा नम्बर ६ मा १९ जना महिला पुरूषलाई पन्चेवाजा वजाउने तालिम संचालनमा ल्याएको हो । म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कला संस्कृतिको संरक्षणका लागि पन्चेवाजा तालिम निकै प्रभावकारि हुने बताए । तालिम पश्चात माग र चाहना अनुसार अम्दानी हुने धारणा अध्यक्ष श्रेष्ठको छ । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सिकेको सिपलाई प्रयोग गर्दा कला संस्कृतिको जगेर्ना सगै आम्दानी गरि आत्मनिर्भर र स्वावलम्वी बन्ने धारणा व्यक्त गरे ।
गाउँपालिकाका प्रमुुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले स्थानिय समुदायलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम कार्यक्रम सन्चालन गरेको बताए । रोजगारी नपाई सिप सिकेर आम्दानि गर्न स्थानिय युवा तथा युवतिहरुवाट माग भएपछि तालिम कार्यक्रम संचालन गरिएको धारणा अधिकारीको छ ।
सिकेको सिपलाई व्यवसायमा परिणत गरि आत्मनिर्भरताका साथ अगाडि वढदा मनग्ये आम्दानी गर्ने धारणा म्याग्दे गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष हिरालाल गुरुङले वडाले कला संस्कृतिको संरक्षण र सम्वद्र्वनका लागि लक्षीत समुदायका लागि कार्यक्रम गरेको बताए । नेपाल पत्रकार महासघका अध्यक्ष डिपि अधिकारिले लोपन्मुख सस्कृतिको सरक्षणका लागि सचालन भएको तालिमवाट सीप सिकेर आत्मनिर्भर वन्नेमा ठुलो सहयोग पुग्ने धारणा व्यक्त गरे ।
तालिमवाट सिप सिकेर आत्मनिर्भर र स्वावलम्बी बन्नका लागि यतिवेला म्याग्दे गाउँपालिकाका युवा युवतीहरु सक्रिय रुपमा लागि परेका आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले बताए । गाउँपालिकाले गरिबि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत सिप सिकाए पश्चात उद्यमी बन्ने क्रम बढेको र तालिमवाट सिप सिक्नका लागि सिप नभएका व्यक्तिहरु सक्रियताका साथ लागिरहेको न्यौपानेले बताए ।
मेड्पा कार्यक्रमवाट सिप सिकाउन अगाडी उद्यमी वन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखिकरण र उद्यमशिलता विकाश तालिम सन्चालन जस्ता कार्यक्रम सम्पन्न भएको भन्दै आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले आर्थिक वर्ष २०८१÷०८२ मा ६८ जनाले तालिम लिईसकेको जानकारी दिए ।
उद्यमशिलता र सिपमुलक तालिमवाट स्वदेशी तथा स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने, स्थानिय तहमा आर्थिक समृद्धि हासिल गर्नुु, स्थानिय स्तरमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, स्थानिय क्षेत्रमा उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आय बृद्धि गर्नु, नबप्रवद्र्धनलाई अवलम्वन गरी समावेशी र दिगो आर्थिक विकास हाँसिल गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ । उक्त पन्चेवाजा तालिम वडा नम्बर ६ को मनपाङ र अकलामा सन्चालन भएको थियो ।












